काठमाण्डू: नेपालमा भएको एक क्विण्टल सूनको तस्करी मामिलामा मुख्य अभियुक्तहरू मध्ये एक चीनी नागरिकलाई भारतमा प्रवेश गर्ने क्रममा पक्राउ गरिएको छ। नेपालमा सूनको तस्करी मामिलामा कारबाही कड़ा हुन थालेपछि भारत भाग्ने प्रयास गरिरहेका चीनी नागरिकलाई भारतीय सीमामा प्रवेशको समय पक्राउ गरिएको हो।
सूनको तस्करी मामिलाको जॉंच गरिरहेको केन्द्रिय अनुसन्धन ब्यूरो (सीआईबी) अनुसार, हङकङ्गमा बसेर नेपालमा सूनको खेप पठाउने मुख्य आरोपितहरू मध्ये एक चीनी नागरिक पेङ योङसीनलाई पश्चिम बंगालको सिलगढ़ीबाट पक्राउ गरियो।
सीआईबीले भारतीय सुरक्षा एजेन्सीहरूलाई सूनको तस्करीमा सामेल बेपत्ता मानिसहरूको सूची पठाएको थियो। सोही आधारमा सशस्त्र सीमा बल (एसएसबी) ले चीनी नागरिकलाई भारतमा प्रवेश गर्ने क्रममा पक्राउ गरेको हो।
एसएसबीले सीआईबीलाई जानकारी साझा गर्दै चीनी नागरिकलाई अवैध रूपमा भारतमा प्रवेश गरेको कारण जासूसीको आरोपमा पक्राउ गरेको बताएको छ। नेपाली नागरिक बनेर सीमा पार गरिरहेको समय एसएसबीले पेङ योङसीनलाई पक्राउ गरेको हो। आरोपित व्यक्तिबाट एसएसबीले चीनको पासपोर्ट फेला पारेको छ।सीआईबी प्रमुख किरण बज्राचार्यले भने, भारतीय एसएसबीसॅंग समन्वय गरेर पक्रा पर्ने चीनी नागरिकसॅंग सोधपुछको निम्ति चॉंडै एउटा टीम पठाइने छ। सीआईबीले सून तस्करी मामिलामा अदालतमा जुन चार्जशीट बुझाएको छ त्यसमा पेङ योङसीनलाई मुख्य अभियुक्तहरू मध्ये एक बताएको छ।











