विश्व ओलम्पियन सम्मेलनमा भाग लिन दीपक विष्ट टर्की प्रस्थान

Screenshot_20230914_214059_Dailyhunt.jpg

काठमाडौं: नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट टर्कीको इस्तानबुलमा आयोजना हुने विश्व ओलम्पियन सम्मेलनमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन्। विश्व ओलम्पियन संघको आयोजनामा इस्तानबुलमा यही  सेप्टेम्बर १६ र १७ तारिखमा हुन लागेको उक्त सम्मेलनमा विश्वभरबाट १ सय ५० जना भन्दा वढी ओलम्पियनहरु सहभागी हुदैछन्। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले दीपक विष्टलाई विदाई गरे। अध्यक्ष विष्टले उक्त सम्मेलनमा नेपाल ओलम्पियन संघले विगत २ वर्षमा गरेका गतिविधिहरु प्रस्तुत गर्नेछन्। साथै उनले एसियाली ओलम्पियनहरुको भेला नेपालमा आयोजना गर्ने प्रस्ताव पेश गर्ने बताएका छन्।विष्टले भने, ‘ओलम्पियनहरुको एसियाली सम्मेलन नेपालमा आयोजना गर्ने हाम्रो उद्देश्य छ हामीले त्यहाँ नेपालमा त्यसको  आयोजनाको प्रस्ताव राख्नेछौं। ’यस्तै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले विष्टको सहभागिताको सफलताको कामना गर्दै नेपालमा ओलम्पियनहरुको सम्मेलन प्रस्ताव पारित भएमा सक्दो सहयोग गर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement