विश्व ओलम्पियन सम्मेलनमा भाग लिन दीपक विष्ट टर्की प्रस्थान

Screenshot_20230914_214059_Dailyhunt.jpg

काठमाडौं: नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट टर्कीको इस्तानबुलमा आयोजना हुने विश्व ओलम्पियन सम्मेलनमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन्। विश्व ओलम्पियन संघको आयोजनामा इस्तानबुलमा यही  सेप्टेम्बर १६ र १७ तारिखमा हुन लागेको उक्त सम्मेलनमा विश्वभरबाट १ सय ५० जना भन्दा वढी ओलम्पियनहरु सहभागी हुदैछन्। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले दीपक विष्टलाई विदाई गरे। अध्यक्ष विष्टले उक्त सम्मेलनमा नेपाल ओलम्पियन संघले विगत २ वर्षमा गरेका गतिविधिहरु प्रस्तुत गर्नेछन्। साथै उनले एसियाली ओलम्पियनहरुको भेला नेपालमा आयोजना गर्ने प्रस्ताव पेश गर्ने बताएका छन्।विष्टले भने, ‘ओलम्पियनहरुको एसियाली सम्मेलन नेपालमा आयोजना गर्ने हाम्रो उद्देश्य छ हामीले त्यहाँ नेपालमा त्यसको  आयोजनाको प्रस्ताव राख्नेछौं। ’यस्तै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले विष्टको सहभागिताको सफलताको कामना गर्दै नेपालमा ओलम्पियनहरुको सम्मेलन प्रस्ताव पारित भएमा सक्दो सहयोग गर्ने बताए।

About Author

Advertisement