अमित शाह शुक्रवार सिलगढ़ी आउने

00-1-Rashtriya-Samachar-14

सिलगढ़ी: केन्द्रिय गृहमन्त्री एक पल्ट फेरि पश्चिम बंगाल यात्रामा आइऱहेका छन्। भाजपा सूत्रहरू अनुसार, शुक्रवार उनी सिलगढ़ी आइरहेका छन्। उनी यहाँ एक रात बस्नेछन्।

प्रशासनिक सूत्रहरू अनुसार, उनी शनिवार बिहारको बख्तियारपुरको निम्ति प्रस्थान हुनेछन्। उनी सिलगढ़ीको डागापुरमा एक टी रिसोर्टमा बस्नेछन्। त्यहाँ सुरक्षाको ठोस व्यवस्था भइऱहेछ। केन्द्रिय गृहमन्त्रीको सुरक्षामा तैनात रहने जवानहरूले अगावै क्षेत्रको भ्रमण गरेका छन् औं स्थानीय पुलिससित सम्पर्क गरेका छन्। सिलगढ़ी पुलिस कमिश्नरेटको तर्फबाट दुई बुलेट प्रूफ गाड़ीहरू तयार गरिएको छ।

भाजपा सूत्रहरू अनुसार, पार्टीको एक प्रतिनिधिमण्डलले पनि केन्द्रिय गृहमन्त्रीसित भेट गर्नेछ। उनलाई पश्चिम बंगालको खराब कानून व्यवस्थासित सम्बन्धित विषयहरूमा ज्ञापन दिनसकिन्छ।

उल्लेख्य, अहिले शाहले ती राज्यहरूको चुनावी कमाल सम्हालिरहेका छन्, जहाँ विधानसभा चुनाउ हुन गइऱहेछ। यस बाहेक बंगाल भाजपालाई उनले अगावै 2019 को लोकसभा चुनाउको प्रदर्शनलाई दोहोराउने जिम्मा दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement