नियुक्ति भ्रष्टाचार-अभिषेक ब्यानर्जीको सम्पत्तिको विवरण कोर्टमा जमा गर्ने आदेश

00-1-Rajya-Samachar-9

काेलकाता: पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेकलाई बिहिवार कलकत्ता हाईकोर्टबाट झटका लागेको छ।

न्यायमूर्ति अमृता सिन्हाको एकल पीठमा अभिषेक समेत लिप्स एण्ड बाउन्ड्स कम्पनीका सबै अधिकारीहरूको सम्पत्तिको विवरण कोर्टमा जमा गर्ने आदेश दिएको छ।

वस्तुतः नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका कालीघाटका काकू उर्फ सुजय कृष्ण भद्र यही कम्पनीको निम्ति काम गर्थे। अभिषेक ब्यानर्जी यसको निदेशक रहिसकेका छन्। शिक्षक नियुक्तिको भ्रष्टाचारमा असूली गरिएको राशिको ठूलो हिस्सा यस कम्पनीको माध्यमले डायवर्ट गरिएको छ। यही क्रममा ईडीले एक दिनअघि अभिषेकसित सोधपुछ गरेको छ। हाई कोर्टले ईडीलाई न केवल कम्पनीका अधिकारीहरू तर कम्पनीको सम्पत्तिको पनि विवरण कोर्टमा जमा गर्ने आदेश दिएको छ। मामिलाको आगामी सुनवाई २१ सेप्टेम्बरमा हुनेछ।

न्यायाधीशले भने, नियुक्ति भ्रष्टाचार मामिलामा टलीवुडका धेरै अभिनेता र अभिनेत्रीहरूको नाम अघि आएको छ। रिपोर्टमा त्यसबारेपनि उल्लेख गरिएको छ। उनीहरूको पनि सम्पत्तिको विवरण जमा गर्नपर्नेछ। ईडी सूत्रहरू अनुसार, लिप्स एण्ड बाउन्ड कम्पनीका निदेशक मण्डलीमा अभिषेक ब्यानर्जी बाहेक सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसका अन्य धेरै नेताहरू छन्। यी सबैको सम्पत्तिको विवरण एकत्र गरिनेछ। ईडीले आफ्नो चार्टशीटमा वित्त वर्ष २०२०-२१ मा कालीघाटका काकूले एसडी इन्टरप्राइजेज नामको आफ्नो कम्पनीको माध्यमले लिप्स एण्ड बाउन्ड्सको खातामा ९५ लाख १ हजार रूपियाँको लेनदेन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement