उज्जल इलेभेन क्वार्टर फाइनलमा

IMG-20230914-WA0235.jpg

१४ सेप्टेम्बरः डुवर्सको रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी गार्डन फूटबल अनर कप २०२३ टुर्नामेण्टमा उज्जल इलेभेन, बीरपाड़ाले क्वार्टर फाइनलमा स्थान बनायो। रामझोड़ा फूटबल मैदानमा बिहीवार खेलिएको म्याचमा उज्जल इलेभेनले ब्रदर्स इलेभेन कालचिनीलाई पेनल्टी शूटआउटमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन।

विजेता टीमका गोलकीपर दिवाकर मिञ्जलाई हीरो अव् द म्याच चयन गरियो। अब १६ सेप्टेम्बरमा खेलिने पहिलो राउण्डको अन्तिम म्याचमा गत विजेता दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए) र बिन्नागुड़ी फूटबल एकाडमीबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टको दोस्रो सीजनमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः २७ र २८ सेप्टेम्बरमा खेलिनेछ। यसरी फाइनल १ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement