श्रीमानको रहस्यमय मृत्यु, श्रीमती र ससुरालीमाथि यातनाको आरोप

IMG-20230914-WA0232.jpg

सिलगढी: न्यू जलपाईगढ़ी थाना अन्तर्गत पर्ने भालोबासा मोड क्षेत्रमा एक व्यक्तिको रहस्यमय मृत्यु भएको घटना प्रकासमा आएको छ। मृतकका परिवारले श्रीमतीको विवाहबाह्य सम्बन्ध रहेको र ससुराले कुटपिट गर्ने गरेको आरोपमा उनले आत्महत्या गरेको आरोप लगाएका छन्। उनको परिवारले न्यू जलपाईगढ़ी पुलिस स्टेशनमा पहिले नै लिखित उजुरी दिएका छन्। घटना हिजो राति भएको हो।

मृतकको नाम राजु सरकार रहेको बताइएको छ। उनको १० वर्षअघि ग्वालपट्टीकी एक महिलासँग विवाह भएको थियो। उनको एउटी छोरी छिन्। तर श्रीमतीकी विवाहबाह्य सम्बन्धको आरोप लगाएपछि परिवारमा कलह शुरु भयो। हिजो राजु आफ्नी श्रीमतीलाई लिन ससुरा घरमा जाँदा ससुराले कुटपिट गरेको आरोप छ। घर फर्किएपछि उनले आत्महत्या गरे। न्यू जलपाईगढी पुलिसले बिहीबार घटनास्थल पुगेर सम्पूर्ण मामिलाको अनुसन्धान शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement