खरसाङमा भाजपाको नयाँ कार्यालय उदघाटन

IMG-20230914-WA0224.jpg

यो कार्यालयले पार्टी समर्थकहरूलाई प्रतिनिधिहरूसँग सोझो सम्पर्क गराउने तथा साङ्गठनिक कार्यहरू गर्न सहज हुनेछ: सोनाम लामा

खरसाङ: भारतीय जनता पार्टीद्वारा खरसाङमा नयाँ पार्टी कार्यालय उदघाटन गरेको छ। उक्त कार्यालय पंखाबारी रोडमा रहेको छ। उक्त कार्यालयको उद्घाटन पार्टीको दार्जीलिङ जिल्ला सचिव सोनाम लामाले रिबीन काटेर अनि उपाध्यक्ष राजेन मुखियाले नरिवल फुटाएर गरेका छन्। यसै अवधि पार्टीको विभिन्न क्षेत्रका प्रतिनिधिहरूको परिचय पनि गराइयो। कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्दै सचिव सोनाम लामाले यो कार्यालयले अब पार्टी समर्थकहरूलाई प्रतिनिधिहरूसँग सोझो सम्पर्क गराउने तथा साङ्गठनिक कार्यहरू गर्न सहज हुने बताए। उनले विगत धेरै दिनदेखि पार्टी कार्यकर्ताहरूलाई आफ्ना प्रतिनिधिहरूसँग सम्पर्क स्थापित गर्न धेरै असुविधा भइरहेको थियो भन्दै यसैलाई ध्यानमा राखेर पनि पार्टी अध्यक्ष लगायत अन्य प्रतिनिधिहरूले कार्यालय खोल्ने दिशामा पहल गरिएको बताए। लामाले यो कार्यालय प्रत्येक दिन बिहान दश बजीदेखि खोलिने जानकारी गराउँदै पार्टीगत जतिपनि समस्या भए कार्यालयमा आएर समाधान गर्न सक्ने बताए। पार्टीको दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवानले विगत धेरै दिनदेखि खरसाङमा एउटा पार्टी कार्यालयको आवश्यकतालाई ध्यानमा राखेर यो पार्टी कार्यालय खोलिएको जनाए। उनले अब पार्टी समर्थकहरूलाई यसले धेरै सुविधा प्रदान गर्ने बताए। देवानले पार्टी कार्यालय खोलिएकोमा खरसाङका सबै पार्टी कार्यकर्ताहरूलाई बधाई पनि दिएका छन्।

त्यसरी नै उपाध्यक्ष राजेन मुखियाले भाजपा एउटा राष्ट्रिय पार्टी भएकोले यसले आफ्नो पार्टीको विस्तार ढाँचागत रूपमा गर्ने गरेको बताउँदै त्यसलाई साधारण सदस्यहरूले पनि पालन गर्नुपर्छ भनी बताए। उनले सबै प्रतिनिधिहरूलाई पार्टीको अनुशासनमा जनसेवाको निम्ति कार्य गर्ने आग्रह गरे। राजेश गजमेरद्वारा सञ्चालित कार्यक्रममा आरपी लामा लगायत अन्य प्रतिनिधिहरू पनि उपस्थित थिए। उक्त नयाँ कार्यालय उदघाटन कार्यक्रममा भाजपाको दार्जिलिङ सभापति कल्याण देवान, जिल्ला उप सभापति राजेन मुखिया, जिल्ला सचिव सेनाम लामा, खरसाङ विधान सभा क्षेत्रका ईन्चार्च दया देवान, जिल्ला सदस्य आरबी लामा, युवा मोर्चा जिल्ला सभापति बिनय प्रसाद लगायत अन्यहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement