पहाड़मा नयाँ सड़क मार्गहरुको सर्वेक्षण शुरु हुने

IMG-20230914-WA0194.jpg

वैकल्पिक मार्गले दार्जीलिङको पर्यटनलाई प्रोत्साहन दिनेछ: अनित थापा

दार्जिलिङ: दार्जिलिङ पहाड़मा नयाँ सड़क मार्गहरुको सर्वेक्षण शुरु हुने भएको छ। ती वैकल्पिक सड़क मार्गहरूले दार्जीलिङको पर्यटनलाई प्रोत्साहन दिने दाबी गरिएको छ। यस विषयमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले प्रेस विज्ञप्ति जारी गरेर बताएका छन् -‘पर्यटन उद्योग दार्जीलिङ पहाडको आर्थिक आधारशिला नै हो। पर्यटनलाई पर्यटक केन्द्रित बनाउन यहाँको आधारभूत पूर्वाधारहरू बलियो हुनु अनिवार्य ठान्छु। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जब देखि जीटीएको सत्ता सम्हाल्यो तब देखि पर्यटन बिकासको कार्यमा धेरै पहलहरु सुरु गरेका छौ। पर्यटन विकासको प्रमुख तत्व पर्यटकीय स्थलहरुलाई मूल मार्गसँग जोड्नु पनि एउटा हो। पर्यटनको विकास अब शहर देखि ग्रामीण क्षेत्रमा पनि लैजानु पर्छ भन्ने हाम्रो सोच रहेको छ। त्यही अनुरुप हामी काम पनि गर्दैछौं।
यसै तथ्यलाई केन्द्रमा राखेर पर्यटन विभागले कार्य सुरु गर्दै योजनाहरू राज्य सरकारको अनुमोदनको निम्ति पठाएको थियो। हामीले पठाएका योजनाहरू मध्ये मूल बाटो सँग जोडिने वैकल्पिक मार्ग हरु हुन। यी योजनाहरू हामीले पिडब्लुडी विभाग अनि एनएचएआई (National Highway Authority of India) लाई पठाएका थियौं।’
अनित थापाले भने, पिडब्ल्युडीलाई बुझाइएको योजनाका प्रस्तावहरुमा पाण्डामदेखि रागेरुङ हुँदै 3 माइलसम्म पुग्ने मार्ग, बुङकुलुङदेखि नागरी धजे हुँदै सुके पोखरीसम्म पुग्ने मार्ग, बुङ्कुलुङदेखि अम्बोटिया हुँदै पंखाबारीसम्म पुग्ने मार्ग आदि रहेका छन्। त्यसरी नै एनएचएआई लाई बुझाइएको योजनाहरूमा लेबोङदेखि टिस्टा बजारसम्म पुग्ने वैकल्पिक मार्ग, रङबुलदेखि दार्जीलिङसम्म पुग्ने वैकल्पिक मार्ग आदि सामेल छन्।

उनले भनेका छन् -‘आज यिनै योजनाहरूमाथि छलफल गर्न पिडब्ल्युडी विभागका सचिव अन्तरा आचार्य, आईएएसको सभाध्यक्षतामा दार्जीलिङमा एउटा बैठक बस्यो। जीटीएलाई प्रतिनिधित्व जीटीएका मुख्य सचिव एस पुनबलाम, आईएएस अनि उनको टोलीले दिएका थिए। टोलीमा सोनाम भुटिया, एक्जिक्युटिभ डाइरेक्टर, चिफ् इञ्जिनियर, सुप्रिनटेन्डेन्ट इञ्जिनियर, एक्जिक्युटिभ इञ्जिनियर रहेका थिए। बैठकमा पिडब्ल्युडी विभागका चिफ् इञ्जिनियर अनि एनएचएआई का इञ्जिनियरहरूका उपस्थिति रहेको थियो। बैठकमा यी उल्लेख गरिएको प्रस्तावहरुमाथि विमर्श भयो। सबै प्रस्तावहरुलाई सभाले अनुमोदन गर्दै सम्बन्धित योजनाको सर्वेक्षण सुरु गर्ने निर्णय पारित गर्यो। अब प्रस्तावित मार्गहरूको सर्वेक्षण शुरु हुनेछ। जीटीए क्षेत्रको अनि विशेषगरी दार्जीलिङ्ग जिल्लामा यी मार्गहरूले पर्यटनलाई प्रोत्साहन अवश्य दिनेछन्। पर्यटन फस्टिए स्थानीय बासिन्दाको आर्थिक स्थितिमा सुधार आउनेछ, व्यापार वाणिज्य सप्रेर जानेछ। नयाँ मार्ग बनिएपछि यहाँको ट्राफिकको समस्या सुध्रने छ। पर्यटन अब शहर केन्द्रित नभएर ग्रामीण पर्यटनको पनि विकास हुनेछ। आज दार्जीलिङ जिल्लालाई लिएर बैठक बसे। जस्तै केही समयपछि कालेबुङ जिल्लामा पनि यस्तै बैठक बस्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement