चौथो म्याचको जीतको साथ डुवर्स फूटबल एकाडमी शीर्ष स्थानमा

IMG_20220712_121101.jpg

१२ जुलाईः गत २५ जूनदेखि शुरु भएको अलिपुरद्वार जिल्ला ए डीविजन फूटबल लीगमा हिस्सा लिने डुवर्स फूटबल एकाडमी (कालचिनी, अलिपुरद्वार जिल्ला)-को टीमले आफ्नो ग्रुपमा चौथो म्याच पनि जित्यो। डुवर्स एफए-का मुख्य प्रशिक्षक कुमार लामाले बताएअनुसार, सोमवार खेलिएको म्याचमा डुवर्स एफए-ले आदिवासी युनिट क्लब (अलिपुरद्वार)-लाई ४-१-ले पराजित गऱ्यो। यस जीतको साथै डुवर्स एफए ९ पोइण्टको साथ ग्रुपको शीर्ष स्थानमा कायम रह्यो। यस म्याचमा विजेता टीमबाट क्रिस सुब्बा र मिखिल छेत्रीले २-२ गोल गरे। अमृत मिञ्जको कप्तानीमा रहने डुवर्स एफए-को टीममा सबै खेलाड़ीहरू अण्डर-१८ आयु वर्गका छन्। यस म्याचमा डुवर्स एफए-को टीमले दुई महिला प्रशिक्षक श्रद्धा लामा र मञ्जु उरावँकी मार्गदर्शनमा खेलेको थियो। यी दुवै एआईएफएफ पञ्जीकृत प्रशिक्षकले डुवर्स एफए-को अण्डर-१४ टीमलाई प्रशिक्षण प्रदान गर्छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement