अलिपुरद्वार: अलिपुरद्वार जिल्ला प्रशासनको उद्योगमा जिल्लाका विभिन्न क्षेत्रहरुमा रहेको पुरानो पुस्तकालयहरुलाई स्मार्ट पुस्तकालयमा पुनर्गठन गर्ने काम शुरु गरेका छन्।
यस परियोजनाले पारम्परिक पुस्तकालयको अवधारणा नै परिवर्तित हुने जिल्ला प्रशासनले जनाएका छन्।
यस आधुनिक औ स्मार्ट पुस्तकालयमा केवल पुस्तक मात्र पठन पाठनको पद्धति नभएर यहाँ आधुनिक पठन पाठनको प्रणाली समावेश गरिएको बताईएको छ।
जिल्लाको प्रत्येक ब्लकका पुस्तकालयहरुमा आगामी दिनमा नौकरी आवेदकहरुको लागि सहायता केन्द्र बन्ने र सीमान्त क्षेत्रका विद्यार्थीहरुले असल शिक्षा प्राप्त गर्न सक्ने पनि बताईएको छ।
यस आधुनिक पुस्तकालयमा अनलाइन स्मार्ट कक्षा पनि सम्पन्न हुने र कोचिङको पनि व्यवस्था हुने बताईएको छ।
यसको पहलमा गैर सरकारी संस्था मानवीक मुखले पनि मदतको हात अघि बढ़ाएको छ।
वर्तमान अलिपुरद्वार जिल्लामा जम्मा ३८ वटा पुस्तकालय रहेको र ६ वटा ब्लकमा एउटा गरेर स्मार्ट पुस्तकालय स्थापित हुनेछ।

यस परियोजनामा जिल्ला प्रशासनले अढ़ाई करोड़ रुपियाँ खर्च गरेको जसमा इ-लर्निङ्ग प्रणाली राखिएको विदाई जिल्ला शासक सुरेन्द्र कुमार मीणाले जनाएका छन्।











