पहाड़को प्राथमिक शिक्षक शिक्षिकाहरूका पेन्शनको समस्यालाई लिएर सिलगढीको उत्तर कन्यामा सभा सम्पन्न

IMG-20230914-WA0221.jpg

खरसाङ: दार्जिलिङ पहाड़को प्राथमिक शिक्षक शिक्षिकाहरूका कतिपय पेन्शनक समस्यालाई लिएर आज सिलगढीको उत्तर कन्यामा डेपुटी जाईरेक्टर पेन्शन रञ्जन लामा डुक्पा र सहायक डाईरेक्टर फुचुक शेर्पासित बैठक सम्पन्न भएको छ। उक्त बैठकमा जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानको पनि विशेष उपस्थिति रहेको थियो। उक्त सभामा विशेष गरेर २०१३ मा एपोन्टमेन्ट पाएका शिक्षक शिक्षिकाहरू र २००५ र २००६ मा बीटी ट्रेनिङ गरेका शिक्षक शिक्शिकाहरूका पेन्शनलाई लिएर उत्तर कन्यामा सभा सम्पन्न भएको छ। उक्त भेटघाटमा हिल तराई प्राथमिक शिक्षक एसोसिएशनको प्रतिनिधिहरू पनि उपस्थित रहेका थिए। उक्त भेटघाट विषयमा पत्रकारहरूसित कुराकानी गर्दै हिल तराई प्राथमिक शिक्षक एसोसिएशनको सभापति प्रकाश सुब्बा र सचिव शैलेस छेत्रीले विस्तृत रूपमा बताएका छन्। उनीहरूले बताए अनुसार पहाड़का प्राथमिक शिक्षक शिक्षिकाहरू जो २०१३ मा जोइन्ट भएका र २००५-२००६ का विभिन्न समस्याहरू लिएर उत्तर कन्यामा जोइन्ट डाईरेक्टरलाई भेट्न आएका थियौं र यो भेटघाटको अवसर मिलाउने कार्य जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले गरेका थिए भनी बताएका छन्। यस भेटघाटमा प्राथमिक शिक्षकहरूका समस्या जीटीएमार्फत् नै हुने जानकारी पाएपछि अब डेपुटी चेयरम्यान राजेस चौहानकै सहयोगमा जीटीए चिफ् अनित थापासित भेटघाट गर्ने योजना रहेको बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *