चाइल्ड लाइन खरसाङद्वारा धन्यवाद कार्यक्पम सम्पन्न

IMG-20230914-WA0210.jpg

खरसाङ: विगत १२ वर्षगदेखि लगातार रूपमा बाल अधिकारको क्षेत्रमा कार्य गर्दै आईरहेका चाइल्ड लाइन खरसाङद्वारा आज खरसाङमा धन्यवाद कार्यक्रम आयोजना गरेको छ। खरसाङ क्षेत्रमा विगत २०११ मा स्थापना भएर लगातार रूपमा कार्य गरेर चाइल्ड लाइन खरसाङलाई १५ सेप्टेम्बरदेखि पश्चिम बंगाल सरकारले लिएर दार्जिलिङ जिल्ला चाइल्ड प्रोटेक्शन सेलबाट सञ्चालन गरिने भएपछि आज खरसाङमा चाइल्ड लाइन खरसाङले एक कार्यक्रम गरी अहिलेसम्म सहयोग गर्नेहरू सबैप्रति आभार प्रकट गरेका छन्।

खरसाङको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा सम्पन्न उक्त कार्यक्रमलाई सञ्जय प्रधामले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण चाइल्ड लाइन खरसाङको ईन्चार्च ईशा लेप्चाले स्वागत सम्भाषण राखेका थिए। यसै कार्यक्रममा अहिलेसम्म चाइल्ड लाइन खरसाङलाई सहयोग गर्ने व्यक्तिहरू, मिडियाकर्मीहरू, संघ संस्थाका प्रतिनिधिहरूलाई चाइल्ड लाइनको पक्षबाट स्मृति चिन्ह्र प्रदान गरेर धन्यवाद दिइएको छ। कार्यक्रममा चाइल्ड लाइन खरसाङको आमा संस्था कञ्चनजंघा उध्दार केन्द्रका सभापति प्रभात पाठक, खरसाङ नगरपालिकाको पूर्व चेयरम्यान समीरदीप ब्लोन, रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयकी प्रधान अध्यापिका चन्द्रकला थापा यल्मो, सभासद श्याम शेर्पा, निर्मल गुरुङ, समाजसेवी टीटी लामा, प्रनिता लामा घिसिङ आदिले वक्तव्य राखेका थिए।

कार्यक्रममा धन्यवाद ज्ञापन दिपशिका छेत्रीले राखिन्। उल्लेखनीय कञ्चनजंघा उध्दार केन्द्रद्वारा खरसाङमा चाइल्ड लाइन विगत १२ वर्षदेखि सञ्चालन गर्दै आएका थिए। उक्त चाइल्ड लाइनमा पाँचजना रहेका थिए। उक्त पाँचजनामा ईन्चार्च ईशा लेप्चा साथै किशोर छेत्री, देवीमाया तामाङ, दिपशिका छेत्री र सौरभ बसेल रहेका छन्। उक्त चाइल्ड सरकारले सञ्चालन गर्ने भएपछि अब खरसाङमा कञ्चनजंघा उध्दार केन्द्रको एउटा अफिस सञ्चालन गरेर कार्य गरिने भएको छ। आजको कार्यक्रम विषयमा चाइल्ड लाइन खरसाङकी देवीमाया तामाङले पत्रकारहरूसित कुराकानी गर्दै चाइल्ड लाइन खरसाङलाई पश्चिम बंगाल सरकारले नै सञ्चालन गर्ने भएपछि अब चाइल्ड लाइनको कार्यालय खरसाङमा नहुने तर १०९८ नम्बरको हेल्प लाइन अझैं खुल्ला रहने बताएकी छन्। उनले अब खरसाङमा चाइल्ड चाइनको माऊ संस्था कञ्चनजंघा उध्दार केन्द्रको एक शाखाको रूपमा रहेर कार्य गर्ने पनि बताएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement