विश्वकर्मा पुजाको दिन सिलगढीमा गुड्डी उत्सवको आयोजना गरिने

6c332f48-4056-4d4e-89b8-ba8d1813f206-1024x602.jpg

सिलगढी: विश्वकर्मा पुजा आउनसाथ आकाशमा रङ्ग-बिरङ्गी गुड्डीहरू उडेको देख्न पाइन्थ्यो भने हाल उक्त दृश्य देख्न पाइँदैन। यसैले विश्वकर्मा पुजाको दिन सिलगढीमा गुड्डी उत्सवको आयोजना गरिने भएको छ। उक्त गुड्डी उत्सवमा ८ देखि ८० वर्षकाहरूले अंश ग्रहण गर्ने सक्नेछन्। सिलगढी नगरनिगमको २७ नम्बर वार्ड कमिटीको तर्फबाट आगामी १८ सेप्टेम्बरको दिन यहाँको २७ नम्बर वार्डको वाईएमए मैदानमा उक्त गुड्डी उत्सवको आयोजना गरिने भएको छ। यस अवसरमा रङ्ग-विरङ्गी गुड्डीहरू आकाशमा उडाइनेछ। दिउँसो १२ बजीदेखि यो उत्सव शुरू हुनेछ। यस अवधि वार्ड कमिटीको तर्फबाट निःशुल्क गुड्डीहरू प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement