पहाडका शिक्षकहरूको पेन्शन समस्यालाई लिएर सिलगढीको उत्तर कन्यामा बैठक

pen1.jpg

सिलगढी: दार्जिलिङ पहाड़को प्राथमिक शिक्षक-शिक्षिकाहरूको पेन्शन समस्यालाई लिएर आज सिलगढीको उत्तर कन्यामा डेपुटी डाइरेक्टर पेन्शन रञ्जन लामा डुक्पा र सहायक डाइरेक्टर फुचुक शेर्पासित बैठक सम्पन्न भयो। यस बैठकमा जीटीएको डेपुटी चेयरम्यान राजेश चौहानको पनि विशेष उपस्थिति रहेको थियो।यो सभामा विशेष गरेर २०१३ मा एपोन्टमेन्ट पाएका शिक्षक-शिक्षिकाहरू र २००५ र २००६ मा बीटी ट्रेनिङ गरेका शिक्षक-शिक्षिकाहरूको पेन्शन विषयलाई लिएर उत्तर कन्यामा चर्चा गरिएको बताइको छ।

यो भेटघाटमा हिल तराई प्राथमिक शिक्षक एसोसिएशनका प्रतिनिधिहरू पनि उपस्थित थिए। उक्त भेटघाट विषयमा पत्रकारहरूसित कुराकानी गर्दै हिल तराई प्राथमिक शिक्षक एसोसिएशनका सभापति प्रकाश सुब्बा र सचिव शैलेस छेत्रीले विस्तृत रूपमा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement