उत्तर दिनाजपुर: स्कूल प्रबन्धन समितिका अध्यक्ष औ प्रधानाध्यापकले एकजना स्कूल शिक्षकलाई जबरजस्ती स्कूलबाट निकालेको आरोप उठेको छ। प्राप्त जानकारी अनुसार, चोपड़ा ब्लकको सोनापुर क्षेत्रको टाटु सिंह हाइस्कूलका अंग्रेजी शिक्षक भवेस कर स्कूलमा आएर एटेन्डेन्स रेजिस्टरमा हस्ताक्षर गर्न खोज्दा हस्ताक्षर गर्न नदिएको र तिनलाई स्कूलबाट बाहिर निकालेको बताईएको छ। पुरा घटनाक्रममा स्कूलको प्रधानाध्यापकको सहमति रहेको बताउँदै शिक्षक भवेस कर स्कूलको गेट बाहिर धरनामा बसेको जनाएका छन्। नौकरीबाट निकालिएको कुनै सरकारी निर्देश नदिएको र जबरजस्ती स्कूलको एटेन्डेन्स रेजिस्टरमा हस्ताक्षर गर्न रोक लगाईएको पीड़ित शिक्षक भवेस करले जनाएका छन्।










