चालक समेत २ जना पक्राउ
कुचबिहार: गोप्य सूचनाको आधारमा राज्य पुलिसको स्पेशल टास्क फोर्सले कुचबिहारबाट एउटा ट्रक सहित दुईजनालाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार असमबाट आईरहेको एउटा ट्रक कोचबिहार भएर दिनहाटातर्फ गईरहेको समय पुलिसले उक्त ट्रकलाई कुचबिहारको रेलवे घुम्ती क्षेत्रमा रोकेर ट्रकलाई कुचबिहार कोतवाली थानामा ल्याएर जाँच गर्दा ट्रकको स्टेपनी टायर खोलेर हेर्दा त्यहाँबाट ब्राउन सुगर एवम् अन्य नशालु पदार्थहरु बरामद गरेको बताएको छ।

पुलिसले उक्त ट्रकको चालक र अन्य एकजनालाई पक्राउ गरेपछि यससितको मामिलाको जाँचमा जुटेको बताएका छन्।










