यस राज्यमा फेरि पुरानो पेन्सन योजना लागू हुने, मुख्यमन्त्रीको ठूलो घोषणा

Untitled-1-copy

नयाँ दिल्लीः सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यमा पुरानो पेन्सन योजना पुनः लागू गरिने भन्दै ठूलो घोषणा गरेका छन्। गत वर्ष पेन्सन योजना अध्ययन गर्ने समिति बनेको थियो। छानबिन प्रतिवेदनमा सबै कुरा सही देखिएपछि पुनर्बहाली गर्ने अन्तिम निर्णय भएको हो। यो योजना पुनः लागू भएपछि प्रदेशका करिब ३० हजार जनताले प्रत्यक्ष लाभ पाउनेछन्।

नाम्चीको डेब्रुङमा विश्व नवीकरण आध्यात्मिक कोषको शिलान्यास कार्यक्रममा मुख्यमन्त्री तामाङले पुरानो पेन्सन योजनालाई पुनः लागू गर्ने प्रक्रियामा काम भइरहेको बताए। यस क्रममा उनले सिक्किममा सी र डी ग्रेडका कर्मचारीहरूको उपचारका लागि पाँच लाख रुपियाँसम्मको चिकित्सा सहायता दिने घोषणा गरे। प्रदेशमा छिट्टै एक परिवार एक जागिर नियमित हुने समेत जानकारी दिइएको छ।
मुख्यमन्त्री प्रेमसिंह तामाङले पनि श्रवणकुमार अवार्ड घोषणा गरेका छन्। उनले भने कि यो प्रतिष्ठित पुरस्कार सिक्किमको प्रत्येक ग्राम पञ्चायत र नगर पञ्चायतका छोराछोरीहरूलाई दिइनेछ जसले आफ्ना आमाबाबुप्रति निस्वार्थ समर्पण देखाउँछन्। यो अवार्ड हरेक वर्ष स्वतन्त्रता दिवसको अवसरमा प्रदान गरिने भएको छ। यसका साथै मुख्यमन्त्रीले दिब्राङ सडकको सुधार र प्रदेशको ढल निकासको सुधारका बारेमा पनि जनतालाई जानकारी गराएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement