एशियन गेम्सको निम्ति दोस्रो दर्जाको टीम चयन गऱ्यो एआईएफएफ-ले

IMG-20230914-WA0187.jpg

१४ सेप्टेम्बरः एशियन गेम्सको निम्ति चयन गरिएको १७ सदस्यीय भारतीय पुरुष फूटबल टीममा सुनिल छेत्री मात्र स्थापित खेलाड़ी हुन्। अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-ले चीनको हांगझोउमा हुने यी खेलहरूका निम्ति दोस्रो दर्जाको टीम चयन गर्न सक्यो। यतिमात्र नभएर एशियन गेम्सको निम्ति विदेशी प्रशिक्षक इगोर स्टीमाकको उपस्थितिलाई लिएर पनि अहिलेसम्म स्थिति स्पष्ट हुन सकेको छैन। एआईएफएफ-ले पहिला एशियन गेम्सको निम्ति २२ सदस्यीय टीम चयन गरेको थियो तर इण्डियन सुपर लीग (आईएसएल)-को टीमहरूले आफ्ना खेलाड़ीहरू छोड़्न अस्वीकार गर्दा १७ सदस्यीय दोस्रो दर्जाको टीम चयन गर्न सकियो। आईएसएल र एशियन गेम्सको तारिखहरू जुझ्न पुग्दा यस्तो स्थिति उत्पन्न भयो।
यस्तो हुँदा एआईएफएफ अध्यक्ष कल्याण चौबेको प्रतिष्ठालाई ठूलो झट्का लागेको छ। उनले एशियन गेम्समा टीम पठाउन पूरा प्रयास गरेका थिए। खेल मन्त्रालयले पहिला एशियन गेम्सको निम्ति फूटबल टीमलाई हिस्सा लिने अनुमति दिएको थिएन तर टीमको गत केही सालको प्रदर्शनलाई अघि राखेर चौबेले फूटबल टीमको निम्ति एशियन गेम्समा हिस्सा लिने अनुमति हासिल गरेका थिए। पहिला चयन गरिएको २२ सदस्यीय टीमबाट सुनिल छेत्रीसहित ९ जना खेलाड़ी मात्र एशियन गेम्समा हिस्सा लिने १७ सदस्यीय टीममा रहेका छन्। भारतले एशियन गेम्समा १९ सेप्टेम्बरमा चीन, २१ सेप्टेम्बरमा बंग्लादेश र २४ सेप्टेम्बरमा म्यांमारको सामना गर्नेछ।
एशियन गेम्सको निम्ति १७ सदस्यीय भारतीय टीमः
गुरमीत सिंह, धीरज सिंह, सुमित राठी, नरेन्दर गहलोत, अमरजीत सिंह, सेमुएल जेम्स, राहुल केपी, अब्दुल रबीह, आयुष देव छेत्री, ब्राइस मिराण्डा, अजफार नूरानी, रहीम अली, विन्सी बरेटो, सुनिल छेत्री, रोहित दानू, गुरकीरत सिंह, अनिकेत जाधव।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement