ठगीको आरोपमा एकजना पक्राउ

IMG-20230914-WA0176.jpg

सिलगढ़ी: सिलगढ़ी खालपाड़ा निवासी पंकज कुमार गुप्ता नामक व्यक्तिले जमीन देखाएर करीब ८३ लाख ९२ हजार रुपियाँ हड़पेको मामिलामा तिनलाई पक्राउ गरिएको घटना प्रकासमा आएको छ। आरोपी पंकज कुमार गुप्ताले आफ्नो पुर्खाको सम्पत्ति देखाएर खालपाड़ाका एउटा निजी कम्पनीबाट करीब ८४ लाख रुपियाँ हड़पेको आरोप रहेको छ। दुई साल बित्दा पनि पंकजले जमीन र पैसा नफर्काएको कम्पनीको मुखिया बेला अग्रवालले पुलिस समक्ष अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा बुधबार आरोपी पंकज कुमार गुप्तालाई पुलिसले पक्राउ गरेको थियो। ज्ञात रहोस, पंकज कुमार गुप्ताले बिन्नागुड़ी मन्टादरी क्षेत्रको कतिपय जमीनलाई आफ्नो देखाएर बेच्ने कोशिष गरेको आरोप रहेको छ। पुलिसले पंकज कुमार गुप्तालाई बिहीबार जलपाईगढ़ी अदालतमा उभ्याएपछि ७ दिनको रिमान्डमा ल्याउने आवेदन गरेको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement