सिलगढ़ी: सिलगढ़ी मेट्रोपोलिटन पुलिसका नयाँ पुलिस कमिश्नरको पदभार सम्हालेपछि कमिश्नर सी. सुधाकरले विहीबार भक्तिनगर थानाको भ्रमण गरे। यस अघि बुधबार सिलगढ़ी मेट्रोपोलिटन पुलिसका डीसीप, एसीपी एवम् अन्यान्य थानाका आईसीहरुले फूलको गुच्छा दिएर पुलिस कमिश्नरलाई स्वागत जनाईएको थियो। बिहीबार पुलिस कमिश्नर सी. सुधाकर कमिश्नरेट अन्तर्गत रहेका विभिन्न थानाहरुमा भ्रमण औ निरीक्षण गर्न निस्किएको थियो।

उल्लेखनीय छ, गत मंगलाबारको दिन सिलगढ़ीका पूर्व पुलिस कमिश्नर अखिलेश चतुर्वेदीलाई जलपाईगढ़ी रेञ्जको आईजी बनाएर पठाईएको थियो भने तिनको स्थानमा सिलगढ़ीको पुलिस कमिश्नरको रुपमा सी. सुधाकरले पदभार लिएको थियो।











