जलपाईगढ़ी: बिहीबार विहान दक्षीण धुपझोड़ाको एउटा निजी रिसोर्टबाट एउटा विशाल आकारको अजिङ्गर बनकर्मीहरुले उद्धार गरे। सोही समय एउटा बाङ्गला चलचित्रको छायाङ्रन गर्न अभिनेता सोहम, देब अनि अन्य त्यही रिसोर्टमा बसेका थिए भने अजिङ्गरलाई देखेर अभिनेता सोहम धेरै रोमाञ्चित भएको र तिनले उक्त अजिङ्गरलाई नजीकमा पुगेर स्पर्श गर्दै खुसी भएको थियो।

यस पश्चात उक्त अजिङ्गरलाई बनकर्मीहरुले उद्धार गरेर लगेको बताएको छ। उद्धार भएका अजिङ्गर रिसोर्ट संलग्न गोरुमारा जंगलबाट निस्किएको बताईएको छ।











