जलपाईगढ़ी सरकारी इन्जिनियरिङ् कलेजका विद्यार्थीहरुलाई आपदा प्रबन्धनको प्रशिक्षण

IMG-20230914-WA0143.jpg

जलपाईगढ़ी: जलपाईगढ़ी सरकारी इन्जिनियरिङ् कलेजका प्रथम बर्षको विद्यार्थीहरुलाई मक ड्रिलको माध्यममा कुनै पनि प्रकारको आपदासित लड्ने तरीकाको प्रशिक्षण दिएको जानकारी कलेज प्रबन्धन सुत्रले दिएका छन्। जलपाईगढ़ी सरकारी इन्जिनियरिङ् कलेज प्रबन्धनको पहल र जलपाईगढ़ी जिल्ला प्रशासनको सहयोगमा सिभिल डिफेन्सद्वारा आयोजित गरिएको उक्त प्रशिक्षणमा विभिन्न प्राक्रतिक आपदा तथा सङ्कटमा फसेकाहरुलाई कसरी जिउँदै उद्धार गर्ने औ कसरी सहयोग गर्नेबारे मक ड्रिलको माध्यममा प्रशिक्षण विद्यार्थीहरुलाई दिएको बताईएको छ। उक्त मक ड्रिलमा सामेल भएका फ्रेसर्स विद्यार्थीहरु उत्साहित भएको कलेज प्रबन्धनपक्षले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement