१४ सेप्टेम्बरः खरसाङ सब-डिविजनल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा गत वर्षहरू झैं १६ सेप्टेम्बरदेखि बोइज अण्डर-१४ लीग कम् नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। स्थानीय मण्टिभियट खेल मैदानमा हुने यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ८ वटा टीमले हिस्सा लिनेछन्। ग्रुप चरणका म्याचहरू १६ र १७ सेप्टेम्बरमा हुनेछ। त्यसपछि नक्आउट म्याचहरू (फाइनलसहित) २४ सेप्टेम्बरमा हुनेछ।











