सेण्ट रोबर्ट्स च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टः सेण्ट रोबर्ट्स यल्लो क्वार्टर फाइनलमा

IMG-20230914-WA0127.jpg

१४ सेप्टेम्बरः सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टको चौथो संस्करणमा बुधवार पहिलो प्री क्वार्टर फाइनल म्याच खेलियो। यस एकतर्फी म्याचमा सेण्ट रोबर्ट्स यल्लो-ले दार्जीलिङ गवर्मेण्ट हाई स्कूललाई ६-१-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रतीत छेत्रीले ४ गोल गरे। यसबाहेक छेवांग तामाङ र मयुंक राईले १-१ गोल गरे। दार्जीलिङ गवर्मेण्ट हाई स्कूलबाट आशिष राईले एकमात्र गोल गरे। विजेता टीमका खेलाड़ी छेवांग तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा सोनादा हाई स्कूल र शारदा हाई स्कूलले चाहिँ अगावै क्वार्टर फाइनलमा स्थान बनाएको छ। क्लास सेभेनसम्मका खेलाड़ीहरूले हिस्सा लिएको यस सेभेन ए साइड इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल २९ सेप्टेम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement