१४ सेप्टेम्बरः दक्षिण अमेरिकी (कनमेबोल) फिफा वर्ल्ड कप क्वालीफाईंग राण्डमा अर्जेण्टिना र ब्राजीलले आफ्नो जीतको क्रम जारी राख्यो। अर्जेण्टिनाले बोलिभिया विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। स्टार स्ट्राईकर लियोनल मेस्सी मैदानमा नओर्लिए पनि वर्तमान च्याम्पियनलाई म्याच जित्न कुनै असुविधा भएन। विजेता टीमबाट एञ्जो फर्नाण्डेजले ३१औं, निकोलस टेगलिएफोले ४२औं र निकोलस गोञ्जालेजले ८३औं मिनटमा गोल गरे। म्याचमा बोलिभियाका खेलाड़ी रोबर्टो फर्नाण्डेजलाई ३९औं मिनटमा रेड कार्ड देखाइयो। यसरी ब्राजीलले पेरु विरुद्ध १-०-ले रोमाञ्चक जीत हासिल गऱ्यो।

म्याचमा ६३ प्रतिशत पोजेशनको साथ खेल्ने ब्राजीललाई म्याचको एकमात्र गोल मार्क्विन्होसले ९०औं मिनटमा दिलाए। यसबाहेक अन्य म्याचहरूमा चिलीले उरुग्वेलाई २-१-ले अनि भेनेजुएलाले प्याराग्वेलाई १-०-ले पराजित गऱ्यो। चिली र कोलम्बियाबीचको म्याच गोलरहित ड्र-मा समाप्त भयो। दक्षिण अमेरिकी चरणमा अहिले ब्राजील पहिलो अनि अर्जेण्टिना दोस्रो स्थानमा रहेको छ। यी दुई टीमसँग ६-६ पोइण्ट्स भए पनि गोल अन्तरको आधारमा ब्राजील अघि रहेको छ।











