मुख्यमन्त्री तामाङले गरे थाइल्याण्डका प्रतिनिधिसँग भेट

IMG-20230913-WA0268.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज उनको सरकारी निवास मिन्तोगाङमा थाइल्याण्डका प्रतिनिधिहरूसँग भेट गरे। भारतका लागि थाइल्यान्डकी राजदूत पट्टारत होङटोङको प्रतिनिधित्वमा आएको टोलीले मुख्यमन्त्रीसँग विशेष गरेर राज्यमा साहसिक पर्यटनलाई बढावा दिनको निम्ति छलफल गरेको जानकारी गराइएको छ। यसरी नै भेटको क्रममा सिक्किममा पर्यटकहरू ल्याउनको निम्ति कलकत्तामा हेल्प डेस्कको स्थापना गरेर थाइल्याण्डका मानिसहरूलाई सिक्किम भ्रमणको निम्ति पर्मिट जारी गरेमा राज्यमा अधिक मात्रमा थाइल्याण्ड लगायत अन्य देशका मानिसहरू घुम्न आउन सक्ने विषयमा जोड दिइयो। थाइल्याण्डका मानिसहरू सिक्किम भ्रमणमा आउन इच्छुक रहेको पनि उनले जानकारी गराइन्। अन्तमा मुख्यमन्त्रीले सिक्किम आएकोमा धन्यवाद दिँदै उनको भ्रमणको लागि सुन्दर हिमालय राज्य सिक्किममा सुखद बसाइको कामना गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement