१३ सेप्टेम्बरः सेभेन स्टार स्पोर्टिंग क्लब, लंगभ्यूको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा आमुक्त परिवारले सेमिफाइनलमा स्थान बनायो। लंगभ्यू बन्दाखेती खेल मैदानमा बुधवार भएको म्याचमा आमुक्त परिवारले ४/८ जीआर-लाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा आमुक्त परिवारबाट करण राईले गोल गरे। यसअघि मंगलवार खेलिएको म्याचमा एमबीआरसी गाड़ीधुराले कञ्चनजंघा एफसी जूनियरलाई पेनल्टी शूटआउटमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। आयोजक समितिको पक्षमा दीपराज तामाङले बताएअनुसार, टुर्नामेण्टको दुईवटा सेमिफाइनल १६ र १७ सेप्टेम्बरमा हुनेछ। फाइनल २४ सेप्टेम्बरमा खेलिनेछ।