राजभवनमा राज्यस्तरीयरूपमा आयुषमन भव कार्यक्रम पालन गरियो
गान्तोक: देशका राष्ट्रपति द्रोपदी मुर्मूले आज आयुषमन भव अभियानको राष्ट्रियव्यापीरूपमा उद्घाटन गरियो।
उक्त कार्यक्रम भारत सरकारको स्वास्थ्य अनि परिवार कल्याण मन्त्रालयको पहलमा आयोजना गरिएको हो। आज राष्ट्रपतिले भर्चुअलरूपमा सो अभियानको उद्घाटन गान्धी नगरको राजभवनबाट गरेकी हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले कुनै पनि व्यक्ति वा गाउँ पछाडि नछोड्न सुनिश्चित गर्नको निम्ति यो अभियान शुरू गरिएको बताइन्। यस महान उद्देश्यलाई प्राथमिकता दिएर देशले व्यापकरूपमा विश्वव्यापी स्वास्थ्य क्षेत्रलाई समेटने लक्ष्य राखेको राखेको बताइन्।
यसै क्रममा आज राजभवनमा पनि राज्यस्तरीयरूपमा सो कार्यक्रम राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य, मुख्यमन्त्री प्रेमसिंह तामाङ, मन्त्रीगण र पार्षदहरूको उपस्थितिमा सम्पन्न भयो। यस अभियान अन्तर्गत दुर्गम क्षेत्रहरूलाई सहयोग गर्ने र नयाँ सरकारी योजना र कार्यक्रमहरूलाई आत्मसात गर्दै कार्यान्वयन गर्नुपर्ने विषयमा जोड दिए। उच्च ओहदामा रहेका अधिकारीहरूले पहलहरूसँग सबैलाई सहयोग गर्न कटिबद्ध हुनुपर्ने सुझाउ दिए।

सोही क्रममा राज्यका स्वास्थ्य मन्त्री कुङ्गा निमा लेप्चाले यस पहलले ग्रामीण र शहरी क्षेत्रका लक्षित प्राप्तकर्ताहरूलाई सरकारी अनुदानमा सञ्चालित सबै स्वास्थ्य सेवा कार्यक्रमहरू प्रभावकारी रूपमा उपलब्ध गराउन सक्ने जानकारी गराए।