१३ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित गणेश राई स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा बुधवार दुईवटा म्याच खेलियो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा आज भएको पहिलो म्याचमा चिन्लोप सेभेनले बिरिक सेभेनलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट किन्ले डुक्पा, अलोक राई, चिन्लोप र रेञ्जोंग लेप्चाले १-१ गोल गरे। यसरी दिनको दोस्रो म्याचमा मारामार एफसी-ले एनएस रियालिटी (रेड) लोहापुललाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट पवन शर्मा र लरेन्सले गोल गरे। यसरी एनएच रियालिटीबाट पाथम मुखियाले गोल गरे। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २९ र ३० सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।