लिङ्के पारखा जीपीयूमा बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना

IMG-20230914-WA0003.jpg

गान्तोक: पाकिम जिल्ला अन्तर्गत लिङ्के पाराखा ग्राम पञ्चायत यूनिटका पञ्चायतगण, सहकारी विभागका अधिकारी, दुध उत्पादक सहकारी संस्थाका सदस्य, किसान उत्पादक सहकारी सदस्य साथै कृषक उत्पादक सहकारी सदस्यहरूको उपस्थितिमा आज सबै नियमहरूलाई पालन गर्दै विधिवतरूपमा बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना गरियो।

यस अवसरमा पाकिम जिल्लाका उप रेजिस्टररले प्रधानमन्त्रीको भिजन सहकार से समृद्धि- अन्तर्गत सहकारी समितिलाई तृणमूलस्तरमा मजबुत बनाउने उद्देश्यले यस प्रकारको पहल शुरू गरिएको जानकारी गराए। केही गाउँहरूमा सहकारी समितिको गठन, प्राथमिक कृषि सहकारीहरूको कम्प्युटरीकरण, “प्रधानमन्त्री जनऔषधी कार्यक्रम” को कार्यान्वयन, ई-सेवाहरूको लागि साझा सेवा केन्द्रको रूपमा काम गर्ने योग्यता, व्याङकिङ, एलपीजी वितरण लगायत अन्य पहलहरू शुरू गरेको जानकारी गराइयो।

यस एमपीसीएसले राष्ट्रिय स्तरका सहकारी संस्थाहरूमा भागीदारी जनाएर सदस्यता लिन र अर्गानिक बीउ निर्यात गर्नको साथै सहकारी संस्थाहरूबाट राम्रो परिणाम आउन सक्ने सम्भावना व्यक्त गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement