१७ जुलाईको दिन सिक्किम प्रोग्रेसिभ युथ फोरमको ऱ्याली

img_1_1657562619263.jpg

गान्तोक: सिक्किम राज्य सरकारले न्यूनतम ज्याला दरमा संशोधनको प्रस्ताव सम्बन्धी अधिसूचना जारी गरेको छ। सिक्किम सरकारको श्रम विभागले आज एउटा अधिसूचना जारी गरेर न्यूनतम ज्याला दरमा संशोधनको निम्ति प्रस्ताव प्रकाशित गरेको छ। अधिसूचना अनुसार, १५ सेप्टेम्बर, २०१७ मा अन्तिमपल्ट न्यूनतम ज्याला दरमा संशोधन गरिएको थियो।

अधिसूचनामा ६० दिनभित्र सम्बन्धित हितधारकहरूलाई आफ्नो सुझाउ, आपत्ति, विचार र टिप्पणी लिखितरूपमा श्रम विभागमा बुझाउन भनिएको छ। संशोधित ज्याला दर सबै अदक्ष, अर्ध-दक्ष, दक्ष र अति दक्ष वर्गमा पर्ने हितधारकहरूमाथि लागू हुनेछ।

संशोधित ज्याला दर अन्तर्गत अदक्ष वर्गको वर्तमान दैनिक ज्याला ३० रूपियॉंदेखि बढ़ाएर ५० रूपियॉं गरिएको छ। यसरी नै अर्ध-दक्ष वर्गको वर्तमान ज्याला दर ३२० रूपियॉंदेखि बढ़ाएर ५२०, दक्ष वर्गको वर्तमान ज्याला दर ३३५ रूपियॉंदेखि बढ़ाएर ५२५ रूपियॉं र अति दक्ष वर्गको वर्तमान ज्याला दर ३६५ रूपियॉंदेखि बढ़ाएर ५६५ रूपियॉं गरिएको छ।

उल्लेखनीय छ, विशेष रूपमा सिक्किम प्रोग्रेसिभ युथ फोरमले मजूदरहरूको ज्याला बढ़ाउनु पर्ने मागमा लगातार आवाज उठाउॅंदै आइरहेको थियो। यसै क्रममा आगामी १७ जुलाईको दिन फोरमले रम्फूदेखि माझीटारसम्म विराट ऱ्याली निकाल्ने घोषणा गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement