दार्जीलिङ: पाँच डेसिमल पट्टा राम्रो भएको भए यसको विरोध हुने नै थिएन भन्ने वक्तव्य निर्वाचित पंचायत समिति सदस्य प्रतीक राईले बताएको छ।राज्य सरकारले पाँच डेसिमल पटटाको सर्वे आदि जस्ता कार्य हरू स्थगित गरिएको अधिसूचना जारी गरेता पनि विरोध कार्य अझ यथवत रहेको छ। यसैक्रममा ब्लूम फिल्ड चिया बगानको फ्रेड्रिक डिभिजनमा एक जन भेलाको आयोजना गरिएको थियो।आयोजित जन भेलामा ब्लूम फिल्ड चिया बगानको फे्रड्रिक डिभिजन पंचायत समिति सदस्य प्रतीक राई विशेष रूपमा उपस्थित रहेका थिए।आयोजित जन भेलालाई सम्बोधन गर्ने क्र्रममा पंचायत समिति सदस्य प्रतीक राईले आजको यो जन भेला पाँच डेसिमल पटटाको विरोधमा हो भन्ने तिनले बताए।पाँच डेसिमल पटटा गोर्खा जातिको जातिया हितमा नरहेको राईले बताए। तिनले अझ भने आजको जन भेलामा पाँच डेसिमल पटटा हामी गोर्खा जातिको जातिया हितमा नरहेको उपस्थित फे्रड्रिक शाखाको जनताहरूले बताए। पाँच डेसिमल पटटा राजनैतिक अथवा सरकार पक्षबाट नै थोप्ने काम गर्छ भने हामी त्यसको घोर विरोध गर्छौ साथै हामी त्यसलाई स्वीकार्ने छैनौ भन्ने आजको जन भेलाले निर्णय लिएर राईले बताए।तिनले अधि भने आजको यो जन भेला कसैलाई दबाव दिएर बोलाएको होइन, आफु खुशी आएको हो अनि उपस्थित सवै जन साधारणहरूले गोर्खा जातिको जातिया हितको पक्षमा पाँच डेसिमल पटटा स्वीकार नगर्ने निर्णय लिएको हो भन्ने राईले बताए।निर्वाचित पंचायत समिति सदस्य प्रतीक राईले अधि भने पाँच डेसिमल पटटा राम्रो छ भन्ने पक्षले पनि जनतालाई बुझाँउने काम गरेको हौ अनि राम्रो छैन भन्ने पक्षले पनि जनतालाई बुझाउँने काम गरी रहेको छ तर पाँच डेसिमल पटटा जातिया हितमा छैन भन्ने कुरा बुझाउँदै गर्दा कुट पीट गर्नु यो न्याय संगत होइन गलत हो, यदि पाँच डेसिमल पटटा जातिया हितमा हुदो हो यसको विरोध हुने नै थिएन, जातिया हितमा नभएको कारणले गर्दा नै यसको विरोध भएको हो भन्ने प्रतीक राईले पूनः दोहोराए। पाँच डेसिमल पटटाको बारेमा हामीलाई भन्दा धेर जोइण्ट फोरमको नेतृत्वहरूलाई जानकारी छ, भोलीको दिनमा हामी उनीहरूलाई यहाँ निम्ताउँने छौ भन्ने निर्वाचित पंचायत समिति सदस्य प्रतीक राईले बताए। यसरी नै चिया श्रमिक रेविका राईले हामीले पटटाको विरोध गरेका छैनौ तर हामीलाई पाँच डेसिमल होइन, हामीलाई हाम्रो सवै जमीनको पटटा दिनु पर्छ भन्ने मांग गरेको हौ भन्ने तिनले बताए।