काेलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेक ब्यानर्जीसित केन्द्रिय प्रवर्तन निदेशालय (ईडी) अफिसमा जारी सोधपुछलाई लिएर तृणमूल हमलावर भएको छ।
पार्टीले ट्वीट गरी भनेको छ, भारतीय जनता पार्टी (भाजपा) अभिषेक फोबियाले ग्रस्त छ र डराउछ। बुधवार दिउँसो जब अभिषेक ईडी अफिस पुगे तब उनको हातमा धेरै दस्तावेज थियो। यसपछि तृणमूलको तर्फबाट एक ट्वीट गरियो, जसमा लेखियो, ईडीदेखि डराउँदैनौं।
वस्तुतः अभिषेक ब्यानर्जीसित भइऱहेको सोधपुछलाई लिएर आईएनडीआई गठबन्धनमा सामेल उद्धव गुटका संजय राउतलेपनि प्रश्न चिह्न खड़ा गरेका छन्। उनले भने, केन्द्र सरकारले अभिषेक दिल्ली आओस् भन्ने चाँहदैन यसैले उनलाई फसाइँदैछ।