राज्यपालको अनुमतिपछि राज्यमा ७९ उपजिल्लाहरूको गठन, अधिसूचना जारी

kataria-sixteen_nine.jpg

गुवाहाटी: असमका राज्यपाल गुलाब चन्द कटारियाले राज्यमा ७९ उपजिल्लाहरूको गठनलाई अनुमति दिएका छन्। यसपछि राज्यको सामान्य प्रशासन विभागले यसको अधिसूचना जारी गरेको छ।

सरकारको अधिसूचना अनुसार, प्रस्तावित उप-जिल्लाको मुख्यालय उप-जिल्लाहरूको केन्द्रमा स्थापित गरिनेछ औं यसको कार्यहरूको निर्धारण जिल्ला आय़ुक्तले गर्नेछन्। साथै उप-जिल्ला मुख्यालयको सम्बन्धमा कुनैपनि विवाद र भ्रमको समाधान हुञ्जेलसम्म कार्य जिल्ला मुख्यालयबाट संचालित गरिनेछ। यो निर्देश बीटीआर र छैठौं अनुसूची क्षेत्रको निम्ति लागू हुनेछैन।

अधिसूचना अनुसार, जुन ७९ विधानसभा क्षेत्रहरूलाई उप-जिल्लाको दर्जा दिइएको छ, त्यसमा धुबड़ी जिल्लाको गोलकगंज, गौरीपुर, बिरसिंगजारूवा र बिलासीपारा सामेल छन्। ग्वालपाड़ा जिल्लामा जलेश्वर, ग्वालपाड़ा पश्चिम, दुधनै बाहेक बंगागाउँ जिल्लामा अभयापुरी, श्रीजनग्रामलाई उप जिल्ला बनाइएको छ। यसैगरी बरपेटा जिल्लामा भवानीपुर सरभोग, मन्दिया, जनिया चेङ्गा, पाका बेतबारी तथा बजाली, कामरूप जिल्लामा चमरिया, बोको, छयगाउँ, पलाशबारी, रंगिया र कमलपुर, कामरूप महानगर जिल्लामा दिसपुर, डिमोरिया, न्यू गुवाहाटी तथा जालुकबारीलाई उप जिल्लाको दर्जा दिइएको छ।

अधिसूचना अनुसार, नलबाड़ी जिल्लामा बरक्षेत्री, धरमपुर-टिहु र दरंग जिल्लामा सिपाझार, दलगाउँ, मोरीगाउँ जिल्लामा जगीरोड, लाहोरीघाट, नगाउँ जिल्लामा धीङ, रूपहीहाट, कलियाबर, सामगुड़ी, बढ़मपुर तथा रोहा, जाई जिल्लामा बिन्नाकान्दी, लामडिङ, शोणितपुर जिल्लामा ढेकियाजुली, बरसोला, रंगापारा तथा नदुवार, बिश्वनाथ जिल्लामा बिहाली र गोहपुर, लखीमपुर जिल्लामा बिहपुरिया, रंगानदी, नाओबैचा र ढकुवाखाना, धेमाजी जिल्लामा चिचिबरगाउँ र जोनाई, तिनसुकिया जिल्लामा सदिया, दुमदुमा, मार्घेरिटा, डिगबोई र माकुम, डिब्रूगढ़ जिल्लामा चाबुआ-पाहोवाल, खोवाङ, दुलियाजान, टिंगखाङ र नाहरकटिया, चराईदेव जिल्लामा माहमरा, शिवसागर जिल्लामा डिमौ र नाजीरा, जोरहाट जिल्लामा मरियानी र तिताबर, गोलाघाट जिल्लामा देरगाउँ, बोकाखात, खुमटाई र सरूपथार, कछार जिल्लामा लक्षीपुर, उदारबन्द, काटिगड़ा, बरखला, सोनाई र धलाई, हैलाकान्डी जिल्लामा अल्गापुर-काटलीछेरा र करीमगंज जिल्लामा करीमगंज दक्षिण, पथारकान्दी तथा रामकृष्ण नगर सामेल छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement