व्लादिवोस्तोक: रूसका राष्ट्रपति व्लादिमीर पुतिनले मंगलवार आयोजित एक कार्यक्रममा मेक इन इण्डिया कार्यक्रमको प्रशंसा गर्दै यसबाट धेरै कुरा सिक्न सकिने बताए। उनले भने, ‘भारतीयहरूबिच भारतीय उत्पादहरूको उपयोग एवं उत्पादनलाई प्रोत्साहित गरेर प्रधानमन्त्री मोदीले एकदम सही कार्य गरिरहेका छन्।’
रूसको बन्दरगाह शहर व्लादिवोस्तोकमा आयोजित आठौं पूर्वी आर्थिक मञ्च (ईईएफ) लाई सम्बोधित गर्दै पुतिनले भने, ‘घरेलू स्तरमा निर्मित अटोमोबाइलको उपयोग गरिनुपर्छ। नरेन्द्र मोदीको नेतृत्वमा भारतले अगावै आफ्नो यस नीतिको माध्यमद्वारा उदाहरण स्थापित गरिसकेको छ।’ पुतिनले रूसमा निर्मित कारहरूको सन्दर्भमा चर्चा गर्दै उक्त कुरा भने।
उनले अघि भने, ‘1990 को दशकमा हामीसॅंग घरेलू स्तरमा निर्मित कारहरू थिएन, तर अहिले हामीसॅंग छ। हामीले भारत जस्तो आफ्नो साझेदारहरूबाट शिक्षा लिनुपर्छ, जसले अधिकांश भारतमा निर्मित कार अथवा जहाजहरूको उत्पादन र उपयोगमाथि ध्यान केन्द्रित गरिरहेका छन्। प्रधानमन्त्रीले मेड इन इण्डिया ब्रान्डको उपयोग गर्न मानिसहरूलाई प्रोत्साहित गरिरहेका छन्। हामीसॅंग पनि वाहनहरू उपलब्ध छन् र हामीले यसको उपयोग गर्नुपर्छ।