अम्बटेमा वरिष्ठ नागरिक कल्याण संगठनको तेस्रो स्थापना दिवस कार्यक्रम सम्पन्न

IMG-20230913-WA0231.jpg

खरसाङ: खरसाङको अम्बटेस्थित पाँच घरे सार्वजनिक भवनमा वरिष्ठ नागरिक कल्याण संगठन पाँच घरेको तेस्रो स्थापना दिवस सम्पन्न भएको छ। संगठनको संरक्षक जेष्ठ नागरिक भूपाल राईको अध्यक्षतामा वरिष्ठ नागरिक कल्याण संगठन पाचँघरेले आफ्नो तेस्रो स्थापना दिवस मनाएका छन्। यसै अवसरमा पुरानो कमिटी विघटन गरी नयाँ कमिटि गठन गरिएको थ। उक्त नयाँ कमिटीमा अध्यक्ष दिपक थापा, उपाध्यक्ष फूर्बा घिसिङ, मूल सचिव निलमकुमार गिरी, उप-सचिव गौतम आले, कोषाध्यक्ष बलराम प्रधान, उप-कोषाध्य दिरप गिरी र सल्लाहकारमा श्यामकुमार प्रधान र पूर्व अध्यक्ष कर्ण पुर्कुटीलाई चयन गरिएका छन्। त्यसरी नै प्रमुख संरक्षकमा भूपाल राई र वर्तमान अध्यक्ष दिपक थापाद्वारा राष्ट्रपिता महात्मा गान्धीको तस्वीरमा धूप- दिप प्रज्वलन गरिएपछि हालै गाउँमा असामयिक दिवङ्गत भएका मृतात्माहरूका स्मरणमा चिर-शान्तिको निम्ति दुई मिनटको मौन धारण पालन गरियो।नवगठित कमिटिका मूल सचिव निलमकुमार गिरीले स्वागत भाषण राखेका थिए जसमा उनले संगठन स्थापना गरिनुको औचित्य, उद्देश्य र मूल लक्ष्यहरूबारे प्रकाश पारेका थिए। यसको साथै विगत वर्षहरूमा संगठनद्वारा निष्पादित विविध प्रकारका सामाजिक क्रिया कलापहरू बारेमा विस्तृत रूपमा जानकारी गराएका थिए।त्यसपछि संगठनको तेस्रो स्थापना दिवसको उपलक्ष्यमा क्रमैले प्रमुख संरक्षक र वर्तमान अध्यक्षद्वारा केक काटेर उपस्थित सम्पूर्ण सदस्य-सदस्यागणलाई हार्दिक बधाई एवं मंगलमय शुभकामना टक्राएका थिए।अन्त्यमा संगठनको अध्यक्ष दिपक थापाले आफ्नो छोटो सम्भाषणमा उपस्थित सबैलाई धन्यवाद दिइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement