सिलिङ फ्यान झर्दा दुईजना छात्रा घाईते

IMG-20230913-WA0208.jpg

कुचबिहार: बुधबार मेखलीगञ्ज ब्लकको उछल पोखरी कृषक उद्योग हायर सेकेण्डरी स्कूलको कक्षा चलिरहेको समय अचानक सिलिङ फ्यान झर्दा कक्षा ११ का दुईजना छात्रा कृतिका बर्मन र बर्नाली राय घाईते भएको घटना प्रकासमा आएको छ। घाईते छात्रा दुवैलाई जमालदह प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएपछि एकजनालाई घर पठाएता पनि अर्को छात्रा कृतिका बर्मनलाई जलपाईगढ़ी रेफर गरिएको बताईएको छ।

स्कूल प्रशासनले घटनामाथि अफसोस जनाएका छन् भने स्कूल प्रबन्धन समितिको अध्यक्ष बबलु हुसैनले यस घटनाले सबै स्तब्ध भएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement