तीनधारे क्षेत्रमा गणेश चतुर्थी पूजाको आयोजना गरिने

IMG-20230913-WA0223.jpg

खरसाङ: तीनधारे क्रिकेट बजारमा रहेको रामेश्वर शिवालय मन्दिरमा यसपाली गणेश चतुर्थी पूजाको आयोजना गरिने भएको छ। उक्त गणेश चतुर्थी पूजा आगामी १९ सेप्टेम्बरदेखि २१ सेप्टेम्बरसम्म आयोजना गरिने अनि २२ सेप्टेम्बरको दिन विसर्जन गरिने भएको छ। गत वर्ष तीनधारेको यस मन्दिरमा सानो रूपमा गणेश चतुर्थी पालन गरिएको र यसपाली भने यहाँ भव्य रूपमा नै मनाउने कार्यक्रम रहेक बताइएको छ। तीनधारेमा गणेश चतुर्थी पूजा आयोजना विषयमा आयोजक समितिको पक्षबाट सञ्जीव मंगरवे पत्रकारहरूसित कुराकानी गर्दै १९ सेप्टेम्बरदेखि शुरु भएर २१ सेप्टेम्बरसम्म चल्ने र २२ मा विसर्जन गरिने बताएका छन्।

उनले यसपाली तीनधारे र वरिपरि साथै पहाड़का विभिन्न क्षेत्रका मानिसहरूलाई लिएर गणेश चतुर्थी भव्य रूपमा मनाउने र यस क्रममा दिउँसो पुजारी र पण्डिहरूद्वारा पूजा गरेर राती ६ बजेदेखि १० बजेसम्म भजन कीर्तनको कार्यक्रम रहेको र यस भजन कीर्तनमा तीनधारेको साई समिति र मानव उत्थान समितिद्वारा भजनहरू प्रस्तुत गरिने भएको पनि बताएका छन्। उनले भने अनुसार यस गणेश चतुर्थीको लागि बिमल गुरुङ मुख्य संयोजक अनि रमन थापा कोषाध्यक्ष साथै सबैजना कार्यकारी सदस्यहरू रहेका छन्। उनले उक्त गणेश चतुर्थी पूजामा सबैलाई उपस्थितिको लागि आह्वान् पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement