घर घर पुगेर मैला उठाउने विषयमा खरसाङ नगरपालिकामा सभा सम्पन्न

IMG-20230913-WA0211.jpg

खरसाङ: खरसाङ नगरपालिकाद्वारा घर घरमा पुगेर फोहोर मैला उठाउने विषयमा नगरपालिकामा सभा सम्पन्न भएको छ। घर घर पुगेर मैला उठाउने विषयमा एसडब्ल्युएम प्रोजेक्ट अनुसार घर घर पुगेर मैला उठाउन शुरु गरिसकेको र खरसाङ बजारको कतिपय होटेल र चिया दोकानहरूबाट पनि मैला उठाउन थालिएको र उक्त विषयमा नै सभामा चर्चा परिचर्चा गरिएको छ। अहिलेसम्म नगरपालिकाले ती मैलाहरू उठाउन ३० रूपियाँ मात्र लिने गरेको र यसै विषयमा सभा बसेर अब सरकारको नियम अनुसार ५० रुपियाँ गरेर संकलन गरिने भएको छ। यसको साथै बजारको कतिपय दोकानहरू र फुटपाथहरूबाट पनि मैलाहरू उठाउन शुल्क सरकारी नियम अनुसार रेट चार्ट बनाएर बजार र नगरपालिका कार्यालयमा टाँस्ने काम गरिने भएको छ। उक्त रेच चार्टहरू खरसाङ बजारको मोटर स्ट्याण्ड, बाटा परिसर र अस्पताल अघि टाँसिने भएको छ।

उक्त रेट चार्ट विषयमा कुनै सुझाव र आफ्नो भनाई छ भने १५ दिनभित्रमा नगरपालिकाको कार्यालयमा आएर राखिदिने अनुरोध गरिएको छ। तर यदि १५ दिनभित्रमा पनि कसैले सुझाव नराखेको खण्डमा अघिल्लो सभामा प्रस्ताव पारित गरेर लागु गरिने भएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले विस्तृत रूपमा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement