मंगन: केन्द्रिय विदेश मामिला राज्य मन्त्री डा. राजकुमार रंजन सिंहले आज आफ्नो सिक्किमको तेस्रो दिनको भ्रमणमा उत्तर सिक्किमको मंगन जिल्ला भ्रमण गरे। उनको साथमा उनकी धर्मपत्नी देबाला देवी, एपीएस सिरम तोम्बी मेइतेई, पीए पी. डाङमेई र अन्य अधिकारीहरू पनि थिए।
कबि लुङचोकमा कबिका एसडीएम, बीडीओ र पञ्चायतहरूले केन्द्रिय राज्य मन्त्रीलाई स्वागत जनाए। कबि लुङचोकमा धरोहर स्थल, जहॉं लेप्चा र भोटिया समुदायका प्रमुखहरूबीच रक्त सन्धि भएको थियो, भ्रमण गरे। मंगन जाने क्रममा 7 सिस्टर फल्सको अवलोकन गरेर फुदोङको कर्म थुप्देन टाशी छोकरलिङ गुम्पा भ्रमण गरे, जहॉं विरुवा रोपण कार्यक्रम सम्पन्न गरियो।
केन्द्रिय राज्य मन्त्रीले माङसिलामा पोलिटेक्निक कलेजको निर्माण स्थल भ्रमण गरे। उनले त्यहॉं स्थानीय मानिसहरूको गुनासो पनि सुने। उनले चॉंदेको भ्रमणको क्रममा स्थानीय मानिसहरूसॅंग अन्तरक्रिया गरे। मंगनमा आयोजित एक सभालाई सम्बोधन गर्दै सिंहले भारत सरकार पूर्वोत्तर राज्यहरूको उत्थानको निम्ति प्रयासरत रहेको बताए। उनले स्थानीय मानिसहरूका गुनासोहरूमाथि अवश्य विचार गर्ने आश्वासन दिए।