डेङ्गुवाझार चियाकमानमा गेटसभा

IMG-20230913-WA0181.jpg

जलपाईगढ़ी: विभिन्न चिया श्रमिक संगठनहरुको संयुक्त मञ्चको नेतृत्व बुधबार जलपाईगढ़ी सहर संलग्न रहेको डेङ्गुवाझार चियाकमानमा गेटसभा सम्पन्न भयो। पूजा बोनस, जमीनको पट्टा, न्युनतम रोज समेत अन्यान्य दाबीहरुलाई लिएर श्रमिकहरुले चियाकमानको गेटमा प्रदर्शन गरे। गेटसभा पश्चात विभिन्न दाबी समेटिएको ज्ञापन पत्र प्रबन्धक समक्ष सुम्पिएको थियो भने संयुक्त मोर्चाका नेता प्रफुल्ल लाकड़ाले हाइकोर्टको आदेश पाएर पनि चियाकमानको मालिकहरुले न्युनतम रोज दिन तयार नरहेकोले ठूलो प्रश्नचिन्ह उत्पन्न भएको जनाएका छन्।

गेटसभामा रोहित रोशन तिर्की लगायत अन्यान्य नेतृत्वहरुको उपस्थिति रहेको थियो भने विभिन्न दाबी लिएर श्रमिकहरुलाई आह्वान गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement