अलिपुरद्वार: बुधबार अलिपुरद्वार जिल्लाको फालाकाटा खण्डको जटेश्वर क्षेत्रको सड़क दुर्घटनामा एकजना टोटो चालक ब्रेजेन बर्मन उमेर ४५ को मृत्यु हुँदा क्षेत्रमा तनाव उत्पन्न भयो।

जानकारी अनुसार फालाकाटातर्फ गईरहेको डम्परले अघि गुड़ीरहेको एउटा टोटोलाई पछिल्तिरबाट धक्का दिँदा टोटो चालक टोटोबाट उछिट्टिएर सड़कमा खस्न पुग्दा डम्परको पहियाले उक्त टोटो चालकलाई कुल्चिन्दा टोटो चालकको घटनास्थलमा नै मर्मान्तिक मृत्यु भएको थियो। सो घटनाले सड़कमा उत्तेजित जनताले जाम लगाउँदा स्थिति तनावपूर्ण बनेको थियो। यसबीच जटेश्वर आउटपोस्टका पुलिसबलले स्थिति नियन्त्रणमा ल्याएर शवलाई उद्धार गरेर लगेको बताएको छ। मृतक टोटो चालक जटेश्वर साहापाड़ा निवासी भनि चिञ्हित गरिएको छ।