ढुसी पलाएको मिठाई खाँदा नानी अस्वस्थ

IMG-20230913-WA0168.jpg

दोकाने विरुद्ध अभियोग दर्ता

सिलगढ़ी: ढुसी अर्थात फंगस पलाएको मिठाई खाँदा एकजना नानी बिमार भईन। सिलगढ़ी वार्ड नम्बर ३७ पूर्व चयनपाड़ा निवासी टोटोन साहाले सिलगढ़ी आशीघर मोड़ नजीकको एउटा प्रतिष्ठित मिठाई दोकानको ढुसी पलाएको मिठाई खाएर नानी बिमार भएको घटनाले सो दोकान विरुद्ध थानामा उजुरी दर्ता गरिएको घटना प्रकासमा आएको छ। मिठाई घरमा आएका पाहुनाको लागि भनेर किनेर लगिएको तर घरमा मिठाई लैजाँदा सानो छोरीले उक्त मिठाई खाईन र बिमार परिन् तर मिठाईभित्र हेर्दा मिठाईमा ढुसी अर्थात फंगस पलाएको देखेर यसको नालिस गर्न दोकानमा जाँदा दोकानेले कुनै पत्तो नदिएकोले अन्ततः यसको अभियोग सिलगढ़ी मेट्रोपोलिटन पुलिसकहाँ गरिएको टोटोन साहाले जनाएका छन्।

यत्रो प्रतिष्ठित मिठाई दोकानको ढुसी पलाएको मिठाई कसरी भयो भन्दै यसको गुणवत्ता जाँच गरिनु पर्ने दाबी टोटोन साहाले गरेका छन्। अर्कोतिर मिठाई दोकानको मालिकले यो आरोप सबै निराधार रहेको ठोकुवा गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement