कालेबुङ: कालेबुङ सोह्र माईल स्थित पागाङ गुम्बा उच्चतर माध्यमिक विद्यालयमा चार जना अस्थायी शिक्षकशिक्षिकाहरू विगत बाह्र दिनदेखि अनिश्चितकालीन हड्तालमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ।
आज पत्रकार सञ्जोक लेप्चा समाचार संकलन गर्ने क्रममा पागाङ गुम्बा उच्चतर माध्यमिक विद्यालयमा पुगी त्याहाँका प्रधानअध्यापक रबीन सर सँग यस बिषयमा कुराकानी गर्नुभएको थियो।
पत्रकार लेप्चा सँग कुरा गर्दै विद्यालयका प्रधान शिक्षकले चारजना अस्थायी शिक्षकशिक्षिकाहरू हडतालमा उत्रिएका कारण परीक्षाफल प्रकाशित गर्न समेत नसकेको बताएका छन्। अस्थायी शिक्षकशिक्षिकाहरू नहुँदा विद्यालयको पठनपाठन नराम्ररी प्रभावित भएको रबीन सरको भनाइ थियो।
दुइसय तीसजना विद्यार्थी रहेको यस विद्यालयमा कक्षा पाँच देखि कक्षा बाह्र सम्मको पढाई हुदै आएको छ। विद्यालयको समस्या प्रति बिभाग उदासीन रहेको भन्दै प्रधान शिक्षकले भोलेन्टियर शिक्षक लगाएर विद्यालय चलाउनुपर्ने बाध्यताको अन्त हुनुपर्ने बताएका छन्। हाल कुनै तलब तनखा बिना विद्यालयलाई सेवा पुर्याउदै आएका योग्य अस्थायी शिक्षकशिक्षिकाहरूले सही समयमा नियुक्ति पाउनुपर्ने उहाँको भनाई थियो।
हेर्नुहोस् पत्रकार सञ्जोक लेप्चाले तयार पार्नुभएको यो रिपोर्ट: