१२ सेप्टेम्बरः भारतीय क्रिकेट टीमले श्रीलंकालाई ४१ रनले पराजित गरी एशिया कपको फाइनलमा स्थान बनायो। मंगलवार कोलम्बोको आर प्रेमदासा स्टेडियममा खेलिएको सुपर फोर राउण्डको म्याचमा भारतीय टीम टस जितेर पहिला ब्याटिंग गर्दै ४९.१ ओभरमा २१३ रन बनाएर अलआउट भयो। कप्तान रोहित शर्माले सर्वाधिक ५३ रन (४८ बल, ७ वटा चौका र २ वटा छक्का) बनाए। यसबाहेक केएल राहुलले ३९, इशान किशनले ३३ र अक्षर पटेलले २६ रनको योगदान दिए। श्रीलंकाको तर्फबाट आज जम्मै १० वटा विकेट स्पिनरहरूले हासिल गरे। यसमा दुनिथ वेलालागेले ५, चरिथ असालंकाले ४ र महीश तीक्ष्णाले १ विकेट लिए। जवाफमा श्रीलंकाको टीम ४१.३ ओभरमा १७२ रन बनाएर अलआउट भयो। दुनिथ वेलालागेले अविजित ४२ र धनञ्जय डी सिल्वाले ४१ रन बनाए। चरिथ असलंकाले २२ रनको योगदान दिए। भारतीय बलरहरूमा स्पिनर कुलदीप यादवले सर्वाधिक ४ विकेट लिए। यसबाहेक रविन्द्र जडेजा र जसप्रीत बुमराहले २-२ विकेट हासिल गरे। मोहम्मद सिराज र हार्दिक पाण्ड्याको नाममा १-१ विकेट रह्यो।