मंगनको कृषि विज्ञान केन्द्रमा राष्ट्रिय मत्स्य किसान दिवस पालन

IMG-20220711-WA0206.jpg

गान्तोक: कृषि विज्ञान केन्द्र मंगन जिल्लामा आज राष्ट्रीय मत्सय किसान दिवस पालन गारियो। मंगन जिल्लाको कृषि विज्ञान केन्द्र भवनमा आयोजित यस कार्यक्रममा माङसिला, लाचेन, तिङजे, रामथाङ र लाचुङका कूल ४२ जना कृषकहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा मत्सय पालन विभागका आरओ उगेन टी. भोटियाले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा कृषकहरूको निम्ति राज्य सरकारद्वारा तयार गरिएको विभिन्न योजनाबारे विस्तृतरूपमा जानकारी गराए।

विशेष गरेर उनले ट्राउट माछा पालनबारे तकनिकी विषयमा अवगत गराए। मंगन जिल्लामा ट्राउट माछाको व्यवसाय र यसमा देखा पर्ने चुनौतीबारे पनि कार्यक्रममा जानकारी गराइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement