सिलगढी: सिलगढीमा पिउने पानी र ट्राफिक जामको समस्या र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिलगायत विभिन्न समस्याहरूको स्थायी समाधानको माग गर्दै सीपीआईएम नम्बर २ क्षेत्र समितिले सिलगढीको हास्मी चोकमा विरोध प्रदर्शन गरेको छ। विरोध मञ्चका सीपीआईएम नेताहरूले राज्यमा बहुचर्चित शिक्षक नियुक्ति घोटालामा संलग्न सबै तृणमूल नेताहरूलाई कडा सजायको माग गरे।

यी सबै मागलाई सम्बोधन गर्दै हामीचोकमा मञ्च निर्माण गरी दिउँसो ३ बजेदेखि ९ बजेसम्म सामूहिक विरोध कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सीपीआईएमका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।










