प्रभा गजमेरले हत्याइन काँस्य पदक

IMG-20220711-WA0203.jpg

गान्तोक: गत ५ जुलाईदेखि ११ जुलाईसम्म तामिलनाडुको एसआरएम विश्वविद्यालयमा आयोजित ५औं वुमेन्स बक्सिङ युथ प्रतियोगितामा राज्यकी प्रभा गजमेरले काँस्य पदक हासिल गर्न सफल बनेकी छन्। प्रभा गजमेर केही वर्षदेखि राष्ट्रीय खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी छन्।

उनले सेमीफाइनल खेलमा हिमाचल प्रदेशकी बक्सिङ खेलाडी काशिषले ४८-५० किलोग्रामको तौलमा ३ पोइन्ट लिएर प्रथम बनिन्। यस भन्दा अघि चौथो वुमेन्स जुनियर नेशनल बक्सिङ प्रतियोगितामा पनि गजमेरले काँस्य पदक हात पारेकी थिइन्। सिङतामस्थित सिरवानी निवासी गजमेरले भर्खर मात्र दशौं श्रेणीको परीक्षा लेखिकी छन्।

काँस्य पदक बिजेता गजमेरले जानकारी गराए अनुसार आफ्नो दशौं श्रेणीको परीक्षा सम्पन्न भइरहेको कारण राम्रो प्रदर्शन गर्न सकिनन्। सो प्रतियोगिताको निम्ति केवल एक सप्ताह मात्र प्रशिक्षण लिने अवसर पाएको बताइना। तर एक सप्ताहभित्र कोच प्रितम सिलालले राम्रो प्रशिक्षण दिएको कारण काँस्य पदक भए पनि हासिल गर्न सकेको उनले थप जानकारी गराइन्। उक्त प्रतियोगितामा राज्यका कूल तीन जना महिलाले सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement