कुचबिहार: आधा घण्टा पानी पर्नसाथ कुचबिहार शहर जलमग्न बनेपछि जल निकासी व्यवस्थालाई लिएर शहरवासीहरूले क्षोभ प्रकट गरे। आज बिहान पानी परेपछि कुचबिहार सहरको केही वार्डहरू जलमग्न बन्न पुगेको छ। यहाँको राजबारी गेट, मिनी बस स्ट्यान्ड, पुरातन पोस्ट अफिसपाड, बैरागीदिघी, न्यु टाउन लगायत अन्य केही इलाकाहरू जलमग्न बनेपछि बिहान स्कुल, अफिस जानेहरूलाई समस्याको सामना गर्न परेको बताइको छ। जल निकासी नालाहरू राम्रोसँग सफा नगरेको कारणले गर्दा नै हल्का पानी पर्न साथ कुचबिहार सहरको विभिन्न इलाका जलमग्न हुने गर्दछ।