ग्वालाहरूलाई लिएर एक दिवसीय सचेतनामूलक कार्यक्रम आयोजित

IMG-20230912-WA0280.jpg

रम्फू: सिक्किम दुग्ध सहकारी समितिले आज पश्चिम पाण्डम समष्टि अन्तर्गत डुगा खण्ड प्रशासनिक केन्द्रको प्रेक्षगृहमा पश्चिम पाण्डमका तीनवटा समितिका ग्वालाहरुलाई लिएर एक दिवसीय सचेतनामूलक कार्यक्रम आयोजना गऱ्यो। आजको कार्यक्रममा मुख्य अतिथिको रूपमा सिक्किम दुग्ध सहकारी समितिका अध्यक्ष यमकुमार शर्मा उपस्थित थिए भने सहकारी समितिका महाप्रबन्धक डा. तिलक घतानी विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा उपस्थित अधिकारीहरुले अहिले राज्यमा गाईमा फैलिरहेको लम्पी भाइरसको रोकथामबारे ग्वालाहरुलाई जागरुक गराए। यसका साथै विभिन्न ब्याङ्कबाट कृषकहरुलाई उपलब्ध हुने ऋणहरुबारे पनि अवगत गराए। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यमकुमार शर्माले दूध उत्पादन गर्दा व्यावसायिक पक्षलाई पनि ध्यान दिनुपर्ने आग्रह गरे। सिक्किम दुग्ध सहकारी समिति ग्वालाहरुको हितमा सदैव रहने कटिबद्धता व्यक्त गरे। वर्तमान सरकारले ग्वालाहरूलाई सम्मानित गर्ने कार्य गरेको उल्लेख गर्दै ग्वालाहरूले आफ्नो सहकारी समिति अनि दूध संकलन केन्द्रलाई बलियो बनाउनुपर्ने कुरामाथि उनले जोर दिए। दूध संकलन केन्द्रमा भएको कुनै पनि समस्याहरू सुल्झाउन सबैको जिम्मेवारी रहेको उनले बताए। कार्यक्रममा उपस्थित ग्वालाहरुसँग अन्तर्क्रिया गर्दै सिक्किम दुग्ध सहकारी समितिका महाप्रबन्धक डा. तिलक घतानीले सहकारी समिति अनि वर्तमान सरकारको सक्रियता अनि प्रोत्साहन राशि प्रदान गर्ने योजनाले राज्यका ग्वालाहरुले ठूलो सहयोग पाइरहेको बताए। सिक्किम दुग्ध सहकारी समितिको असली मालिक ग्वालाहरु रहेको कारण यसको संरक्षण अनि यसलाई वृद्धि गरेर लैजानु सबै ग्वालाहरुको जिम्मेवारी रहेको बताए। सरकारले ग्वालाहरुलाई प्रोत्साहन गर्नको निम्ति सबैभन्दा धेरै दूध उत्पादक ग्वालालाई पुरस्कृत गर्ने पहल शुरु गरेको अनि आगामी दिनमा सरकारले अवश्य पनि प्रोत्साहन राशिमा बढ़ोत्तरी गर्ने उनले विश्वास दिलाए। यसका साथै ग्वालाहरुले गाई गोठ निर्माण गर्दा राख्नुपर्ने प्राविधिक ध्यान अनि गाईलाई दिनुपर्ने आहार अनि पानीको मात्रहरुबारे पनि जानकारी गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *